सर्वोच्च अदालतले रवि लामिछानेलाई फसाएको खुलासा

१४ माघ २०७९, शनिबार १८:२२

सर्वोच्च अदालतले रवि लामिछाने नागरिकता अवैध भएको ठहर गर्दै उनको सांसद, मन्त्री, सभापति सबै पद खारेज गरिदिए पछि उनको पक्षमा प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंमा उनीमाथि अन्याय भएको भन्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । माइतीघरमा भेला भएका प्रदर्शनकारीले रवि लामिछानेको पक्षमा नारा लगाएका छन् ।

उनीहरुले देश बनाउने अभियानमा रवि लामिछाने लागेको र त्यसका कारण उनलाई फसाइएको आरोप लगाएका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले भने लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनःप्राप्तिका लागि कुनै कदम नचालेको भन्दै उनले अमेरिकी नागरिकता लिनुभन्दा पहिलेको नागरिकता अवैध भएको ठहर गरेको हो ।