सामान्य प्रशासन मन्त्रालयले गर्यो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर

१३ माघ २०७९, शुक्रबार १९:५७

सरकारले विभिन्न २९ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरफेर गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार कतिपय गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शाखा अधिकृतले दोहोर्‍याएर अर्को गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

कतिपय शाखा अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट अन्य मन्त्रालय, निकाय आयोग र कार्यालयमा पठाएको छ ।