भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वसचिवको संयोजकत्वमा सरकारले सवारी प्रदूषण तथा दुर्घटना न्यूनीकरणका लागि पाँचसदस्यीय समिति गठन गरेको छ ।
बिहीबार यातायात व्यवस्था विभागबाट पेस भएअनुसार मन्त्रालयले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका डा. पदम बहादुर शाही, यातायात विज्ञ मधुसुदन आचार्य, आइटी इन्जिनियर विजय गौतम र यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधि रहनेछन् ।समितिको सदस्यसचिवमा यातायात व्यवस्था विभागका महानिर्देशक छन् ।
