राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्ने छ: देवेन्द्र पौडेल

१२ माघ २०७९, बिहीबार १७:३८

राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा बनाउनुपर्नेमा पार्टीको जोड रहेको नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले बताएका छन् ।

‘सबैमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न सक्यौं भने सम्भावित भोलि हुने दुर्घटना रोक्न, संविधानको रक्षा, मिश्रित बनावटको संसद त्यसलाई पाँच वर्षसम्म सकुशल लैजान राष्ट्रिय सहमतिको आधारमा अघि बढौं भन्ने हो । उनले भने’

उनले एमाले, कांग्रेससहित सबै दलहरुबाट साझा व्यक्तिलाई अघि सार्नुपर्नेमा जोड दिए । कुनै पार्टी विशेषलाई बाइपास गरेर राष्ट्रिय सहमति नहुने उल्लेख गर्दै नेता पौडेलले एमाले र कांग्रेससँग छलफल भइरहेको बताए ।

प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट सामान्य रिपोटिङमात्रै भएको नेता पौडेलले जानकारी दिए ।