स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् ।
यही माघ ११ गते बसेको यी दुई वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने कुरा उल्लेख गरेका छन्। स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको हो। लघुवित्तको चुक्ता पुँजी रु १२ करोड १७ लाख ८२ हजार १५० रहेको छ ।
साथै सबैको लघुवित्त वित्तीय संस्थाले भने १८ प्रतिशत बोनस र ०.९४ प्रतिशत नगद गरी १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तको चुक्ता पुँजी रु २७ करोड छ । दुबै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने कुरा उल्लेख छ
।
