मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आगो लगाएर आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको बुधबार बिहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
उनको मृत्युपश्चता डा. ओम मूर्ति अनिलले आचार्यको छोरीहरुको लागि ५१ हजार सहयोग गर्दै अन्य मनकारीहरुको लागि पनि सहयोगको आग्रह गरेका थिए । उनको आग्रह अनुरुप मृृतक आचार्यको छोरीहरुलाई विभिन्न व्यक्तिहरुले देश तथा विदेशबाट सहयोग गरिरहेका छन् ।
डा. अनिलले सामाजिक सञ्जाल मार्फत जानकारी दिए अनुसार मृतक आचार्यको छोरीहरुको लागि अहिलेसम्म पाँच सय भन्दा बढीले दश लाख भन्दा बढी सहयोग गरेका छन् ।

