बजारमा गहुँको अभाव हुँदा ८० प्रतिशत मैदा उद्योग बन्द भएका छन् । नेपाल मैदा उद्योग संघले बुधबार विज्ञप्ति जारी गर्दै बजारमा गहुँको अभावले ८० प्रतिशत मैदा उद्योग बन्द भएका जनाएको छ ।
संघले भनेको छ, “भारत सरकारले गहुँ आयातमा लगाएको प्रतिबन्धले बजारमा मैदाको चरम अभाव भएको संघले जनाएको छ । गहुँको अभावमा मैदा आटाको अभाव सिर्जना भएकाले नेपाल सरकारसँग संघको विनम्र अनुरोध छ, भारत सरकारसँग कुरा गरी चाँडोभन्दा चाँडो थप गहुँ उपलब्ध गराई दिन अनुरोध छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यस पश्चात् फेरि हाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझै ३ महिना बाँकी छ ।”
