मंगलबार काठमाडौंको संघीय संसद्अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन पस्चात न्यायका लागि कालिकोटमा प्रदर्शन गरिएको छ । युवाहरुले आचार्यको राज्यले हत्या गरेको भन्दै बुधबार जिल्लाको सदरमुकाम प्रतिमा चोकमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले ‘यो देश हो कि बधशाला, प्रेम आचार्यहरुलाई बाँच्न नदिने सामाजिक व्यवस्था बदलौँ, कि यो संकट रहँदैन कि म, देशमै केही गर्छु भन्नु अपराध हो, यो आत्महत्या होइन, हत्या हो सरकार’ लगायतका विभिन्न प्याप्लेटसहित विरोध गरेका थिए ।



