मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको हो । मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका ३७ वर्षीय आचार्य इलामको सूर्योदय नगरपालिकाका हुन्।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ ।
आत्मदाह गर्नुअघि आचार्यले लामो स्टाटस लेखेर आफ्नो कथा व्याथा देखाएका थिए ।
