बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

१० माघ २०७९, मंगलवार २१:१७

बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ९एसपी० दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले हिजो सोमबार दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए।