अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंकको भूमिका प्रशंसनिय छ: अर्थमन्त्री

१० माघ २०७९, मंगलवार २०:०३

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  बैक तथा वित्तीय क्षेत्रलाई आग्रह गरेका छन् ।

मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने बताएका हुन् ।

सोही अवसरमा मन्त्री पौडेलले बैंकहरुको नाफामा भन्दा गुणस्तरीय सेवा प्रवाहमा प्रतिस्पर्धा हुनुपर्ने बताए । बैक तथा वित्तीय संस्थाहरुमा मात्र नभई अन्य सार्वजनिक संस्थाहरुमा समेत संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त र शून्य सहनशीलता नीति अपनाउनुपर्ने बताए । सोही अवसरमा मन्त्री पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंकले खेलेको भूमिकाको प्रशंसा समेत गरेका छन्  ।