स्याङ्जाको खेल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलटलाई उडानमा रोक

१० माघ २०७९, मंगलवार १९:०१

नेपाल नागरिक उड्डयन प्राधिकरणले खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रमेश डंगोललाई उडानमा रोक लगाएको हो।

प्राधिकरणले पाइलट डंगोललाई स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही गर्ने तयारी भएको बताइएको छ। यही माघ ५ गते स्याङ्जाको वालिङ ८ स्थित खेल भइरहेकै मैदानमा पाइलट डंगोलले हेलिकप्टर अवतरण गराएका थिए।
हेलिकप्टर अवतरण भएपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो। आक्रोशितहरुले पाइलटमाथि हातपात समेत गरेका थिए। उनीमाथि आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ।