नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ । अब बुधबारदेखि यसको सेयर कारोबार पुनः सुरु हने जनाइएको छ । नेसनलले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा मूल्य संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सोमबारदेखि सेयर कारोबार रोक्का गरेको थियो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।
नेसनलले प्रविधिक कारणले यस्तो भएको र अब उप्रान्त यस्तो नहुने स्पष्टीकरण पेश गरेपछि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ । नेसनलले सोमबार ९माघ ९ गते० सेयर बजार खुला भएपछि ३८.५५ बोनस सेयर दिने निर्णय सार्वजनिक गरेपछि नेप्सेले कारोबार रोक्का गरेको थियो ।
