वान एक्स ब्याटको क्षमता र कम्पनीबारे सीआईबीले अनुसन्धान गर्ने

१० माघ २०७९, मंगलवार १६:०८

नेपाल टी–ट्वान्टी लिगको मुख्य प्रायोजकको रूपमा रहेको वान एक्स ब्याटको क्षमता र कम्पनीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ ।

सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए अनुसार नेपाल टी–ट्वान्टी लिगलाई ठूलो रकम दिएर मुख्य प्रायोजकको रूपमा आएको वान एक्स ब्याट कम्पनी र उसाको क्षमताबारे अनुसन्धान गरिरहेको छ । ‘वान एक्स ब्याट ठूलो रकम दिएर मुख्य प्रायोजकको रूपमा आएको भन्ने छ । त्यो कम्पनी र उसको क्षमताबारे हामी अनुसन्धान गरिरहेका छौं,’ आचार्यले भने ।