मंगलबार सेयर कारोबार रकम घटे पनि परिसूचक भने ८.१४ अंकले बृदि

१० माघ २०७९, मंगलवार १५:३१

मंगलबार सेयर बजारमा कारोबार रकम घटेको छ । सोमबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब रहयो ।

कारोबार रकम घटे पनि परिसूचक भने ८.१४ अंकले बृदि भएको छ । सो अंकको वृद्धिपछि नेप्से २१७३ अंकमा कायम भएको छ । कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घटेको छ भने १० को स्थिर रहेको छ ।

बैंकिङ उपसमूहमा २ तथा उत्पादनमा ३ अंकले घटेको छ । विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंकले बढेको हो  । सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत तथा सूर्योदय लघुवित्तको ९.७ प्रतिशत बढेको छ । तेस्तै मैलुङखोलाको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घटेको छ । भने कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहेका छन्  ।