चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा ७ खर्ब ९२ अर्ब रुपैयाँको आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ६ महिनामा पुससम्मको तथ्यांक अनुसार आयातमा २०.६८ प्रतिशतले घटेको हो। यस्तो आयात गत वर्षको सोही अवधिमा ९ खर्ब ९९ अर्ब रहेको थियो । आयात घटेको भए पनि अझै ७ खर्ब ११ अर्ब रुपैयाँ व्यापार घाटा रहेको देखिन्छ । यो अवधिमा व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । यो अवधिमा गत वर्ष भने ८ खर्ब ८० अर्ब रुपैयाँले व्यापार घाटा भएको छ ।
यो अवधिमा निर्यात जम्मा ८० अर्ब रुपैयाँको मात्रै भने यस्तो निर्यात पनि गत वर्षको तुलनामा ३२ प्रतिशतले घटेको छ । गत वर्ष पहिलो ६ महिनामा १ खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको थियो । नेपालबाट पाम आयल तथा सोयाविन आयलको निर्यात घट्दा यसको असर समग्र निर्यातको तथ्यांकमा देखिएको छ नेपालले भारतबाट कच्चा पाम आयल ल्याएर प्रशोधनमार्फत ३० प्रतिशतभन्दा बढी भ्यालु एड गरेर निर्यात गर्ने गरेको थियो । यस्तो निर्यात हुन नसक्दा नेपालको निर्यात बजारमै असर देखिने गरी निर्यात घटेको देखिएको छ ।
