नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम( नेपाल एयरलाइन्स) का तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ। गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको जनाएको हो।
हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।
पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गर्न सिफारिस गरिएको जनाइएको छ।
‘हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेकाले त्यहाँको सिभिल एभिएसनले हामीलाई खबर गर्योु उनले भने, यसै आधारमा प्राधिकरणले तीन पाइलटलाई निलम्वन गर्न निगमलाई निर्देशन दिएका छौं।’
