साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अंकले झर्यो

९ माघ २०७९, सोमबार १५:४३

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अंकले झरेको छ । बिक्रीकर्ताको संख्या धेरै  हुँदा नेप्से परिसूचक झरेको हो ।

कारोबार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक २२ सय अंकमाथि पुगे पनि त्यो टिकाउ हुन सकेन । नेप्सेमा तीन अर्ब ८६ करोड रूपैयाँको कारोबार भएको छ । २५७ कम्पनीको सेयर किनबेच भएको नेप्सेमा सोमबार बढी कारोबार हुनेमा वाणिज्य बैंक अगाडि रह्यो ।

कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक २७ करोड ४८ लाख रूपैयाँको कारोबारले अगाडि छ । दोस्रोमा एनआईसी एशिया बैंक १२ करोड ७५ लाख रूपैयाँले दोस्रो स्थानमा छ । सबैभन्दा बढी कमाउनेमा आदर्श लघुवित्त, सानिमा जीआईसी तथा कुमारी बैंकका लगानीकर्ता छन् । गुमाउनेमा हिमालयन हाइड्रो पावर, लिबर्टी इनर्जीका लगानीकर्ता छन् ।