राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग

९ माघ २०७९, सोमबार १४:३३

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको छ।

राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई राय–सुझाव यही माघ २० गतेसम्म उपलब्ध गराउन आग्रह गरेको छ।

केन्द्रीय बैंकका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ई–मेल monetarypolicy@nrb.org.np मा रायसुझाव पठाउन सकिन्छ।