नेप्सेद्वारा नेशनल माइक्राेफाइनान्सकाे काराेबार राेक्का

९ माघ २०७९, सोमबार १३:५५

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरेको छ । कम्पनीले कारोबार समयमा लाभांश घोषणाको सूचना सार्वजनिक गरेपछि नेप्सेले कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२९१० (घ) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित मूल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना कारोबार समयमा प्रकाशन गरी नियम पालना नगरेको नेप्सेले जनाएको छ ।

१६९१० (ख) मा भएको ऐ. विनियमावलीको विनियम  व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट समयमानै जानकारी नदिएको हो रु यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

संस्थाले कारोबार समयमै आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने सूचना सार्वजनिक गरेको थियो ।

नेप्सेले  प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63ce39eae4a7e.JPG