‘द भ्वास अफ नेपाल सिजन थ्री’ का विजेता एवम् चर्चित गायक किरण गजमेरको स्वरमा नयाँ गीत ‘केही सम्झना’ सार्वजनिक भएको छ ।
उक्त गीतमा विकाश घले गुरुङको शब्द रहेको छ । चर्चित संगीतकार सन्तोष श्रेष्ठले गीतमा संगीत भरेका छन् । यस्तै गीतमा संगीत संयोजन देवेन्द्र नेवाको रहेको छ । गीतको भिडियो पनि निकै आकर्षक बनेको छ ।
जीवनका उतार चढावमा परिवारिक र साथीभाइ बीच हुने मिलन बिछोडको कथा बुनिएको भिडियोमा बिछोडमा पनि सकारात्मक सोच र माया कायम राखियो भने पुनः मिलन हुन सक्ने सन्देश दिएको छ ।
यस गीतको भिडियोमा दीपेश ढकाल र रेजिना सुब्बाले अभिनय गरेका छन् । दीपेशले यसअघि रामकृष्ण ढकालको ‘म हराय’ र ‘काली’ गीतमा अभिनय गरिसकेका छन् भने रेजिनाले यसै गीतको भिडियोबाट डेब्यु गरेकी हुन् ।
गीतको भिडियो अमेरिकामा छायांकन गरिएको छ । बिशाल ढुंगाना यस भिडियोको छायांकार हुन् । भिडियो सम्पादन भने स्वयम् निर्देशक तथा गीतकार विकास घले गुरुङ आफैंले गरेका छन् ।
