स्मार्टच्वाईस टेक्नोलोजिजको सहकार्यमा माछापुच्छ्रे बैंकले युपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्दै

९ माघ २०७९, सोमबार १३:४२

नेपाल राष्ट्र बैंकबाट‘क’ वर्गको माछापुच्छ्रे बैंक तथा भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच एससीटी युपीआई (एससीटी–यूपीआई) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका हुन् ।

स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको बैंक र बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात माछापुच्छे बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआई (एससीटी यूपीआई) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई (एससीटी यूपीआई) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श (एटीएम, पीओएस, ई–कमर्स) जस्ता सेवा सजिलै लिन सक्ने छन् ।