भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा फेला परेको हो । शनिबार आमासँगै रहेको गैँडा पछि मृत अवस्थामा भेटिएको हो ।
मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
तिवारीका अनुसार प्राकृतिक कारणले गौँडाको बच्चा मरेको हुन सक्ने बताए । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । तीमध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेका छन् ।
