नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको छ: प्रधानमन्त्री

८ माघ २०७९, आईतवार १६:१०

नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिप्पणी गरेका छन् ।

टुँडिखेलमा आइतबार आयोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ,’ प्रचण्डले भने ।

विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत उनको भनाइ छ । ‘एकातिर सामान्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी छ भने अर्कोतिर बैदेशिक सांस्कृति हस्तक्षेपका कारणले पनि हामी नयाँ परिस्थितिमा छौं,’ प्रचण्डले भने ।