भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएका खसी सशस्त्र प्रहरीद्वारा बरामद

८ माघ २०७९, आईतवार १५:२४

भन्सार छलेर नेपाल आयात गरिएका खसी सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाटले लिई भन्सार पठाएको हो । अवैध रुपमा मासुजन्य बस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै सशस्त्र प्रहरी सक्रिय रुपमा बरामद गरेको हो ।

भारतबाट भित्रिएका मासुजन्य पशुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै गृह मन्त्रालयले अवैध रुपमा नेपाल भित्रिने त्यस्ता बस्तुकोे आयात रोक्न सरोकारवालव निकायलाई निर्देशन गरेको थियो ।

भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिका १२ कालिदह आज्मा क्षेत्रबाट सशस्त्र प्रहरी निरिक्षक तेजराज शर्माको कमाण्डले ७ वटा खसी बरामद गरेको हो । व्यवसायिक प्रयोजनका लागि अवैध रुपमा खुला सीमा नाका हुँदै लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा करिब २ लाख रूपैयाँ बराबरको खसीबोका बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरी निरीक्षक शर्माले जानकारी दिएका छन् ।

सरकारले आर्थिक वर्ष २०७७/७८ देखि खसी, बोका र राँगा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।यससँगै खुला सीमा नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ । सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपंक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको हो ।

राजश्व संक्लनमा पनि कमी आएको भन्दै सिमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सिमा विन्दुमै सक्रियता बढाएको हो ।