पात्र फेरिँदैमा देश परिवर्तन हुदैन: ज्ञानेन्द्र शाही

७ माघ २०७९, शनिबार १७:३७

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पात्र फेरिँदैमा देश परिवर्तन नहुने अभिव्यक्ति दिएका छन्।

प्रवृत्ति फेर्न सके देशको स्वरूप परिवर्तन हुने उल्लेख गर्दै उनले भने, ‘संसद्मा हिजो काले थिए, आज गोरे छन् र भोलि खैरे आउँछन्। पात्र मात्र परिवर्तन हुने तर देशको अवस्था परिवर्तन हुन सक्दैन।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमा मात्रै सीमित भएको धारणा दिएका छन्।