उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको बताएका छन्। कृषि विकास बैंकको ५६औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। साथै बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पुँजीगत खर्च १४/१५ प्रतिशत मात्रै हुनु अर्थतन्त्रमा ठुलो चुनौती भएको उनको भनाई छ।
‘राजस्व परिचालनमा चालू आर्थिक वर्षको लक्ष्य भेटाउन नसक्नुले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको छ, ‘ उनले भने।
उनको भनाइ अनुसार गत वर्ष यही समयमा राजस्व परिचालनभन्दा पनि यस वर्ष झन पछाडि परेको छ। आर्थिक दृष्टिकोणले खडा भएको चुनौती सामना गदै आर्थिक सामर्थ्य राम्रो बनाउने अभियानमा सरकारलाई सबैको साथ चाहिएको उनले बताएका chh।
अर्थमन्त्री पौडेलले खर्च कटौती र मितव्ययिताका लागि कृषि विकास बैंकको साथ पाउने जिकिर गरे।
