सानिमा बैंकको गत आर्थिक वर्षको तुलनामा १९.३४ प्रतिशतले खुद नाफा वृद्धि

७ माघ २०७९, शनिबार १३:५६

सानिमा बैंक लिमिटेडको नाफामा  वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्षको तुलनामा १९.३४ प्रतिशतले खुद नाफा बढेको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले नाफा बढेको जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल १ अर्ब ७ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो भने  चालु आर्थिक वर्षको सोही अवधिमा खुद नाफामा केही सुधार गर्दै कुल १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि ४७.१८ प्रतिशतले वृद्धि भएको छ । योसँगै बैंकको कुन सञ्चालन आम्दानी पनि २८.८१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफामा पनि २१.४२ प्रतिशतले वृद्धि भएको हो ।

साथै नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । बैंकको ईपीएस १ रुपैयाँ ६६ पैसाले बढ्दै २० रुपैयाँ ६३ पैसा पुगेको छ । सोही अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ८२ पैसा रहेको छ ।