सरकारमा गइहाल्न सरकारले पुनविचार गर्नुपर्छ: रामसहाय प्रसाद यादव

७ माघ २०७९, शनिबार १३:४४

जनता समाजवादी पार्टी (जसपा)ले पार्टी एकताका लागि कार्यदल गठन गरेको छ । पार्टी संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पार्टी एकताका लागि कार्यदल बनेको जानकारी दिएका छन् ।

विभिन्न पार्टी, व्यक्ति र राजनीतिक शक्ति छलफल गरिरहेको उनको भनाइ छ । विचार मिल्नेसँग छलफल जारी रहेको पनि उनले जानकारी दिए ।

“एकीकृत समाजवादीसँग समान्य छलफल भइरहेको छ । एकीकरणको ठोस निर्णय भइसकेको छैन,” उनले भने, “सरकारमा गइहाल्न सरकारले पुनविचार गर्नुपर्छ । अनि मात्र जान्छौँ । यही अवसथामा जाँदैनौँ ।”