चिनियाँ नयाँ वर्षका कारण देखाउदै चीनले अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी शुक्रबारदेखि बन्द गरेको छ। रसुवा भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीका अनुसार शुक्रबारदेखि माघ २० गतेसम्मका लागि नाका बन्द हुने भएको हो। आउँदो आइतबार चिनियाँ नयाँ वर्ष सुरु हुँदैछ। पछिल्लो समय नाकाबाट दैनिक १४ वटा चिनियाँ ट्रेलरले सामग्री आयात गर्दै आएका थिय।
हरेक १५ दिनमा नेपाली सामग्री चिनियाँ बजारमा निर्यात समेत हुने गरेको छ। एक महिनामा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ। एक महिनामा छ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको रसुवा भन्सार कार्यालयले जनाएको छ।
