कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमारलाई कांग्रेसले विश्वासको मत नदिने

६ माघ २०७९, शुक्रबार १४:२३

नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भोट दिएर विपक्षमा बस्न नसक्ने बताए ।मुख्यमन्त्रीलाई समर्थन गर्ने वित्तिकै विपक्षीमा बस्न नमिल्ने भन्दै उनले भने, ‘दुनियाँले जे सुकै भनोस्, म निर्वस्त्र हिँड्छु भन्न सक्ने अवस्था रहेन ।’

सरकारलाई चाहिने मत सत्ता पक्षसँग रहेको उनले बताए । उनले अघि भने, ‘कुनै दिन सरकार ढल्ने अवस्था आएछ भने कांग्रेस ढाल भएर उभिनेछ ।’