सेयर बजारमा सेयर किनबेच भएझैं सुन, चाँदी, तेल, धान, गहुँजस्ता कमोडिटी (वस्तु)को किनबेच हुने बजार कमोडिटी एक्सचेन्जका नाममा हुँदै आएको करोडौंको ठगी बाहिरिएको छ। जुन नेपालमा कमोडिटी मार्केट अहिलेसम्म अवैध रहेको छ।
नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कुनै पनि कमोडिटी एक्सचेन्जलाई अनुमति दिएको छैन्, नेपालमा स्टक मार्केटसमेत नेपालमा एउटा मात्रै नेपाल स्टक एक्सचेन्ज(नेप्से) रहेको छ। सुन, चादी, तामा, तेल, अन्न जस्ता वस्तु ठूलो मात्रामा उत्पादन एवं निर्यात गर्ने देशहरुमा कमोडिटी एक्सचेन्ज मार्केटहरु सञ्चालनमा रहेका भएपनि यो खासै प्रभावकारी नभएकै कारण सेयर मार्केट नै प्रमुख एक्सचेन्ज मार्केटका रुपमा रहेको छ।
नेपालमा मेक्स नेपाल वर्षौंदेखि कमोडिटी एक्सचेन्ज बनेर सञ्चालनमा रहेका छन् जस अन्तर्गत काठमाडौं लगायत विभिन्न ठाउँमा यसका दर्जनौं ब्रोकरहरु रहेका छन्।
यी ब्रोकरहरुले फेसबुकलगायतका अनलाइन माध्यमबाट विभिन्न ठाउँमा सेयर मार्केट तालिम भनेर विज्ञापन हालेर त्यहाँ, तालिम लिन जानेहरूलाई कमोडिटी मार्केटमा लागाउने गरेको देखिएको छ। नेपालमा यसरी तालिम दिनेहरूले कमोडिटी मार्केटमा एक छिनमै किनबेच अथवा इन्ट्रा डे कारोबार गर्न सकिने र करोडौं कमाउन सकिने भन्दै लोभ देखाइँदो रहेछ । सेयरर्मोकटबाट अलि कमाउन थालेका युवाहरु यसरी कमोडिटीका नाममा ठग्नेहरुको दलदलमा पर्न पुग्छन्। कोभिड-१९को महामारी पछि सेयर मार्केटले गती लिएको बेला कमोडिटीका नाममा ठग्नेहरुहरुले पनि फाइदा उठाइरहेका छन् ।
सेयर मार्केट सिक्न लागेको युवाहरुलाई उठाएर कमोडिटी मार्केट भन्दै आफैले सञ्चालन गरेको सफ्टवयरमार्फत मेक्स नेपाल र यसका ब्रोकहरुले ठगी गरेको भेटिएको छ ।
एक कानुन व्यवसायीले हाम्राकुरासँग बोल्दै ५२ भन्दा बढी पीडितले यसरी ठगी मुद्दामा निवेदन लेखिसकेको बताएका छन्। प्रहरी परिसर टेकुका प्रवक्ताले समेत दजर्नौं युवाले ठगीमा परेको भनेर उजुरी गरेको बताएका छन्। जस अन्तर्गत ठगीमा परेका १७ जना पीडितहरुले मात्रै ५० लाख भन्दा बढी ठगीएको बताएका छन्। एक वकिलका अनुसार यस मुद्दामा अहिलेसम्म ३ करोड बढी ठगी दाबी भएको र मेक्स र एचसीसीकाे ६० करोड रोक्का गरिएको छ।
ठगीको विवरण

