उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालमाथिको आरोप पुष्टि भएको खण्डमा पहिलो कारबाही म आफै सुरु गर्छु भन्दै अभिव्यक्ति दिएका छन् ।
आज बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले श्रममन्त्री अर्याल संलग्न भएको कुनै म्यानपावर भए आफूलाई जानकारी दिनसमेत आग्रह गरेक छन् ।पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्याल मंगलबार श्रममन्त्रीका रुपमा नियुक्त भएका हुन् । सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका अन्तर्राष्ट्रिय बजार निर्देशकको हैसियतमा रहेका अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेपछि चौतर्फी आलोचना सुरु भएको छ ।
