फुटबलप्रेमीका लागि आज अर्को रोमान्चक बन्ने भएको छ । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोका फ्यान भने आजको दिनको प्रतिक्षामा थिए ।
समयकालीन फुटबलका दुई स्टार मेसी र रोनाल्डो आज मैदानमा आमनेसामने हुँदैछन् । विश्वकपको निराशाजनक यात्रापछि रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका थिए । मेसी भने विश्व चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा छन् । मेसीको पीएसजी र रोनाल्डोको साउदी अल स्टार ११ बीच आज मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।
मैत्रीपूर्ण खेल नेपाली समयअनुसार १०:४५ मा सुरु हुनेछ । आजको खेललाई नेपाली फुटबलप्रमीहरुले पनि चाँसोको रुपमा हेरेका छन् ।
