बिहीबार सेयर बजार सूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो। तर, आजभने अघिल्लो दिनको तुलनामा सेयर कारोबारमा भने घट्न पुगेको छ । अघिल्लो दिन ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार हुँदैगर्दा आज जम्मा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको १८ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको १२ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन बैंकिङ समूहको उपसूचक ०.६६ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १.०३ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.७८ प्रतिशतले, मुचुअल फन्ड १.४७ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स ०.२१ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ ।
