बलात्कारको अभियोगमा २ जना पक्राउ, ती पक्राउ पर्नेहरु को को हुन् ?

५ माघ २०७९, बिहीबार १४:१८

मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका ७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् ।

ती युवतीलाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।