सिभिल बैंकको लेखापरीक्षकमा एसोसियट्स, चार्टर्ड अकाउन्टेन्ट्स नियुक्त

५ माघ २०७९, बिहीबार १४:१७

सिभिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । पुष २८ गते सम्पन्न बैंकको १२औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एस राइ एण्ड एसोसियट्स, चार्टर्ड अकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । साथै बैंकले निजको पारिश्रमिक एकमुष्ठ ११ लाख ८६ हजार ५०० रुपैयाँ समेत तोकिदिएको जनाएको छ ।