नेपाल राष्ट्र बैंकले माघ ५ गते अर्थात् आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आजको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १२ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ १७ पैसा र बिक्री दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ४० पैसा र बिक्री दर १६० रुपैयाँ १३ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७९ पैसा र बिक्री दर ३५ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

