प्राध्यापक देवराज अधिकारी विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त भएका छन् ।
आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राध्यापक अधिकारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि आयोगको एक कार्यकाल सदस्यसचिवको भूमिकामा थिए । उनि माओवादी केन्द्रनिकट अधिकारी व्यवस्थापनविज्ञ हुन्।
यस्तै त्रिवि व्यवस्थापन संकाय डिन, केन्द्रीय विभाग प्रमुख, एमफिलको निर्देशकको भूमिका निर्वाह गरेका थिए । पूर्वअध्यक्ष भीमप्रसाद सुवेदीले चार वर्षे कार्यकाल गत मंसिरमा सकिएसँगै आयोगमा नेतृत्व अभाव रहेको थियो ।
