नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखमा मनोनयन दर्ता गराएकी छिन् ।
कांग्रेस नेतृ न्यौपानेले बुधबार संघीय संसद सचिवालयमा सभामुखमा मनोनयन दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यस्तै नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गराइसकेका छन् ।
