बुधबार सेयर बजारको परिसूचक नेप्से घट्दा कारोबार रकममा भने वृद्धि भएको छ । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ९ अंक घट्यो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा १ अर्ब २० करोडले बढ्यो।
आज बुधबार ९.०१ अंक घटेर नेप्से २१७३ अंकमा कायम भएको छ । कुल ४ अर्ब ९२ करोडको कारोबार हुदा हिजो भने ३ अर्ब ७२ करोडको कारोबार भएको थियो । बैंकिङ १०, फाइनान्स १५, होटल तथा पर्यटन २७, जीवन बीमा ११५, उत्पादन ४२, निर्जीवन बीमा ९७, अन्य ३ र ब्यापार उपसमूह १७१ अंक घटेको हो । जलविद्युत् २२ र विकास बैंक उपसमूह भने १८ अंक बढेको छ । कुल ८० कम्पनीको मूल्य बढ्दा १२१ को बृदि भयो भने ६ को स्थिर रहृएको छ ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यको छ जसमा पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालय ऊर्जा विकास र ग्रिन भेन्चर रहेका छन् । कारोबार रकमका आधारमा रिडी पावर, अपी, नेसनल हाइड्रो, अरुणभ्याली र माथिल्लो तामाकोसी क्रमशः अगाडि रहेका छन् ।
