मायाखोला हाइड्रोपावरले आम सर्वसाधारणलाई शेयर जारी गर्दै

४ माघ २०७९, बुधबार १४:२५

आम सर्वसाधारणक लागि मायाखोला हाइड्रोपावर कम्पनीले शेयर जारी गर्ने भएको छ। कम्पनीले माघ १३ देखि १७ गतेसम्म आईपीओ जारी गर्न लागेको हो।

यसअघि कम्पनीले स्थानीय प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरूलाई शेयर जारी गरेको थियो। भने, कम्पनीको जारी पुँजी एक अर्ब रूपैयाँ रहेको छ। यसको ३४ प्रतिशत शेयर जारी गर्नेछ। यसमध्ये १० प्रतिशत शेयर प्रभावितलाई बिक्रीमा राखेको थियो। त्यसबाट केही शेयर बिक्री नभएपछि बिक्री नभएको समेत गरेर कम्पनीले कुल १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ।