ल्यापटप हराएपछि होटलभित्र छिर्‍यो कार

४ माघ २०७९, बुधबार १२:४४

चीनको शाङ्घाईस्थित एउटा होटलमा बसेका एक युवकले आफ्नो ल्यापटप हराएपछि होटलभित्र कार छिराएर आफ्नो रिस पोखेका छन्।

कर्मचारीसँग विवाद भएपछि उनले सिसाको ढोकाबाट छिराएर लबीमा भएका सामानमा क्षति पुग्नेगरी जथाभावी कार चलाएका थिए।

तर उक्त घटनामा कोही पनि घाइते भएनन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ती २८ वर्षे युवक पक्राउ परेका छन्। बिबिसी