एमालेबाट बनिन् विमला इतिहासमा दोस्रो महिला परराष्ट्र मन्त्री

३ माघ २०७९, मंगलवार १५:५०

नेकपा (एमाले) की नेतृ राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्रीमा नियुक्त भएकी छिन ।

उनी मन्त्रिपरिषद्‍बाट एमालेको कोटाबाट मनोनित सांसद हुन् । विमला राष्ट्रपति विद्यादेवी भण्डारीको पूर्व सल्लाहकार पनि हुन । उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने दोस्रो महिला हुन् । यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला परराष्ट्र मन्त्री भएकी थिइन् ।