कुमारी र एनसीसी बैंक गाभिएपछि नाफा २ अर्ब १२ करोड भन्दाबढी

३ माघ २०७९, मंगलवार १४:५५

पौष १७ गते, आइतबारदेखि कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले एकिकृत कारोबार सुरू गरेका छन् । कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू भएको हो । । कुमारी बैंकले साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड गाभिएपछिको एकिकृत वित्तीय विवरण सार्वजनिक गरेको हो। बैंकले नेप्सेमार्फत् वित्तीय विवरण सार्वजनिक गरेको हो। यी दुई बैंक १.१ को स्वाप रेसियोमा गाभिएका भएका हुन्।

कुमारी बैंकको नाफा १ अर्ब ६० करोड रूपैयाँ र एनसीसी बैंकको नाफा ५१ करोड ८६ लाख रूपैयाँ रहेको छ। कुमारी बैंक र एनसीसी बैंक गाभिँदा जस अनुसार पुष १६ गतेसम्म बैंकको खुद नाफा २ अर्ब १२ करोड रूपैयाँ रहेको छ ।

यस्तै, दुई बैंक एकआपसमा गाभिएपछि बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ८० करोड ४५ लाख ७९ हजार रूपैयाँ पुगेको हो। जसमध्ये, कुमारी बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५१ करोड रूपैयाँ र एनसीसी बैंकको २ अर्ब २८ करोड रूपैयाँ रहेको छ ।

साथै बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रूपैयाँ पुगेको छ । जसमध्ये कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रूपैयाँ र एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड रूपैयाँ रहेको छ ।

बैंकको वित्तीय विवरण तल उल्लेख गरिएको छ:

63c65afbde19a.jpg
63c65b0b87885.jpg63c65b03d455e.jpg