जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आज दिउँसो २ बजेलाई बोलाएको छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ । वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको पार्टी प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए।
जसपाले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै सरकारमा नजाने अडानसँगै आजको शपथमा भाग लिएको छैन । भने जसपाबाहेकका मन्त्रीहरुले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
