राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीमण्डल भागबण्डाका क्रममा थप दुई मन्त्रालय पाएको छ । जसअनुसार सो पार्टीले शिशिर खनाललाई शिक्षामन्त्री र डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने निर्णय गरेको छ
डा.तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री पठाउने निर्णयमा भनिएको छ । यसअघि सो पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । सोही पार्टीकी नेतृ सोविता गौतमलाई उपसभामुख बनाउने सत्तारुढ दलहरुबीच सहमति भइसकेको पनि जनाइएको छ ।
