नबिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
पुष २९ गते सम्पन्न भएको कम्पनीको ३८औं वार्षिक साधारण सभाबाट बैंकले चालु आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
यस साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षको कार्य गर्न लेखापरीक्षकमा एसएआर एशोसियट्स, चार्टर्ड अकाउन्टेन्ट्स र पीजेपीएन एण्ड कम्पनी चार्टर्ड अकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको हो।
