सुनको मूल्य तोलामा एक सय रुपैयाँले गिरावट

३ माघ २०७९, मंगलवार ११:४३

आज मङ्गलवार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै १ लाख ५ हजार १ सय रुपैयाँमा झरेको छ। यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको अनुसार तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

भने यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।