आरएसडीसी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल

२ माघ २०७९, सोमबार १६:४७

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ। कम्पनीको पुष २९ गते बुटवलसमा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहतर्फको संचालक समिति गठन भएको हो ।

सभापश्चात् संस्थाको पुष २९ गते नै बसेको संचालक समितिको बैठकले संचालक समितिको अध्यक्षमा राजेन्द्र प्रसाद दाहाललाई चयन गरेको छ । साथै संचालकहरुमा राजेन्द्र प्रसाद दाहाल, चन्द्रराज शर्मा, विष्णु प्रसाद पौड्याल र दामोदर जोशी रहेका छन् ।